
भनिन्छ साथीसँग हरेक चिज आपसमा शेयर गरिन्छ । वास्तवमा हरेक चिजको कुनै सीमा हुँदैन । तपाईं वस्तुहरु त शेयर गर्न सक्नुहुन्छ तर के मानिस पनि शेयर गरिन्छ त ?
एकजना युवतीले यसरी मान्छे पनि शेयर गर्न सम्भव रहेको कुरा प्रमाणित गरिदिएकी छिन्।
ती युवतीका अनुसार उनी र उनकी एकजना साथीबीच उनीहरुका लोग्ने समेत शेयर हुन्छन् । ती दुई दम्पती अर्थात् चारैजना सँगै बस्दै आएका छन् ।
ट्रायथलन खेलाडीसमेत रहेकी केटी नामक ती बेलायती युवतीले आफ्नो जीवनको यस्तो डार्क सेक्रेट हालै खुलासा गरेकी हुन् ।
केटीका पतिको नाम रब ओज हो । उनी पेसाले कन्टेन्ट क्रिएटर हुन् । यी दुईको भेट अष्ट्रेलियामा भएको थियो । चिनाजानीको केही समयमै उनीहरुले डेट गर्न सुरु गरे र त्यसको केही हप्तामै इन्गेजमेन्ट र तत् पश्चात् बिहे पनि गरिहाले । उनीहरुको रोमान्सले तब सीमा नाघ्यो जब अर्को एक दम्पतीसँग उनीहरुको सहबास सुरु भयो ।
यस्तो खुलासाले केटीको परिवार तनावमा रहेको बताइन्छ ।
आफू र आफ्नो पति ओज अहिले आफ्नी साथीको दम्पतीसँग बस्ने गरेको केटी बताउँछिन् । दुवै जोडीले बेडरुमसम्म शेयर गर्दछन् । अर्थात् को कसको पतिपत्नी भन्ने कुरामा कुनै छेकबार छैन अन्तरंग क्रियाकलापमा पनि । केटी भन्छिन्, ‘जब हामी विल र डीसँग भेट भयौं तब यो अनौठो सम्बन्धको सुरुआत भयो । हामी केवल प्रेम गर्दछौं जज होइन । यस्तो हामीले पहिलोपटक गरिरहेका थियौं ।’

केटी, ओज, विल र डी अहिले पोलिमोरस रिलेसनशिपमा छन् । एकजना भन्दा धेरै मानिससँग सम्बन्धमा रहनुलाई पोलिमोरस रिलेसनशीप भनिन्छ । अहिले सबैजना मिलेर कन्टेन्ट क्रिएसनको काम गर्दछन् । चारैजना एउटै दम्पती जस्तै सम्बन्धमा छन् । तर यिनीहरुको सम्बन्धमा आम मानिसहरुले भने अनेक खालका प्रश्न उठाउँछन् ।
उनीहरुले आलोचनाको सामना गर्नु परिरहेको छ । केटीका अनुसार उनी अहिले फोरमस रिलेसनशिपमा छिन् । अर्थात् चारजना मानिसको जोडी । तर यसबाट मानिसहरु असमन्जसमा पर्दछन् । सोसल मिडियामा उनीहरुको निकै ट्रोल हुने गरेको छ । यसका बाबजुत पनि उनीहरु खुुसीसाथ समय बिताइरहेका छन् । यतिमात्र कहाँ हो र ? चारैजनाले आफ्ना पार्टनरसँग अनुमति लिएर अन्य व्यक्तिहरुसँग समेत डेटिङ गर्ने गर्छन् बेला बेलामा।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4