+

प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता राउन्ड रोविन फर्म्याटमा हुने

२०८० मंसिर  २७ गते १३:४४ २०८० मंसिर २७ गते १३:४४
प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता राउन्ड रोविन फर्म्याटमा हुने

२७ मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता राउन्ड रोविन फर्म्याटमा हुने भएको छ ।

पुस ५ गतेबाट काठमाडौंमा सुरु हुन लागेको प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता राउन्ड रोविनका आधारमा हुने नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले अनलाइनखबरलाई जानकारी दिएका हुन् ।

‘महिला प्रधानमन्त्री कप राउण्ड रोविन आधारमा हुनेछ । डिसेम्बर २१ बाट गर्ने तयारीमा छौँ । सबैले सबैसँग खेल्नेछ । त्यसपछि क्वालिफायर प्लेअफ शैलीमा खेलाउने तयारी छ । अब केही दिन भित्रै यसको आधिकारिक टाइसिट नै सार्वजनिक हुन्छ ।’

कतिपय प्रदेशले छनोट प्रतियोगिता सकेर टिम घोषणा गरिसकेका छन् भने कतिपयमा छनोट अन्तिम चरणमा रहेको छ ।

पहिलो पटक महिला प्रधानमन्त्री कप काठमाडौंमा हुन लागेको हो । यसअघि काठमाडौं बाहिर हुँदै आएको यस प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन् ।

यस अघिको संस्करण इटहरीमा भएको थियो । २०२३ को संस्करणको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको थियो ।

महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय