
२७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले पछिल्लो समय निक्षेप संकलन उपकरण बोलकबोलमार्फत पछिल्लो समय लगातार तरलता खिचिरहेको छ ।
बिहीबार १४ दिन अवधिको लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट अहिले पनि ७० अर्ब तरलता खिचेको छ । बिहीबार थप २० अर्ब खिच्न लागेको हो ।
बुधबार मात्रै १० अर्बको निक्षेप संकलन उपकरणको म्याद सकिएको छ । मंसिर लागेपछि मात्रै निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले एक खर्ब २५ अर्ब रुपैयाँ निक्षेप खिचिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4