+
+

राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १८:४८

२७ मंसिर, काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयको भवन नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशहरु हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको इजलासले भवन नभत्काउन आदेश दिएको हो । उसले प्रक्रिया पुर्‍याएर नक्सा पासका लागि निवेदन परेमा ‘कानुन बमोजिम गर्नु’ भनी आदेश दिएको राप्रपाका तर्फबाट यो मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता कानुन व्यवसायीले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले गत साउन १२ गते भवन भत्काउन माइकिङ गरेको थियो । त्यसको तीन दिनपछि महानगरपालिकाको टोली डोजर लिएर पुगेको थियो ।

त्यतिबेला राप्रपाको कार्यकर्ता पनि प्रतिकार गर्ने उद्देश्यसहित भेला भएका थिए । जिल्ला प्रशासन कार्यालयको समन्वयमा त्यस दिन काठमाडौं महानगरपालिकाको टोली डोजर नलगाई फिर्ता भएको थियो ।

त्यसपछि राप्रपालाई जग्गादान गर्ने जग्गादाता कल्याणी राजभण्डारी र प्रभा चापागाईंले आफ्नो जग्गामा बनेको भवन नभत्काउन माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले भवन नभत्काउन आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?