२७ मंसिर, काठमाडौं । जापानलाई हराउँदै युएई यू-१९ एसिया कपको सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएईले ३२२ रनको लक्ष्य दिएको थियो ।
तर चार विकेट गुमाएर जापानले २१३ रन मात्रै बनाउन सक्यो । यो जितसँगै समूह ‘बी’ मा चार अंक जोडेर युएई सेमिफाइनलमा पुग्यो ।
यही समूहतर्फको अर्को खेलमा बंगलादेशले श्रीलंकालाई हरायो । जापानलाई हराएर दुई अंक जोडेको श्रीलंका बंगलादेशसँग पराजित हुँदा युएई सेमिफाइनलमा पुगेको हो ।
युएईले श्रीलंकालाई हराएर दुई अंक जोडेको थियो । जापानलाई हराएपछि यूएई चार अंक सहित उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
सबै खेल जितेको बंगलादेश समूह विजेता बनेको छ ।
समूह ‘ए’ बाट पाकिस्तान समूह विजेता र भारत उपविजेता बनेर सेमिफाइनल पुगेको छ । यो समूहबाट नेपाल भने सबै तीनै खेल हारेर घर फर्केको छ ।
प्रतिक्रिया 4