
२७ मंसिर, भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार धेरै नटिक्ने बताएका छन् । मध्यपहाडी संकल्प यात्राका क्रममा भोजपुर आएका अध्यक्ष ओलीले सरकार असफल भइसकेको बताएका हुन् ।
‘यो सरकार कुनैपनि हालतमा अगाडि बढ्न सक्ने अवस्थामा छैन । बढ्यो भनेपनि देशका लागि दुर्भाग्य नै हुन्छ’, उनले भने । यो सरकार टिकिरहे देशको अस्तिवमै संकट पर्ने ओलीले बताए ।
‘अहिलेको गठबन्धन धेरै चल्नेवाला छैन, टिक्नेवाला छैन । यो कुहेको फलजस्तो हो, यसलाई झारेन भनेपनि आफै झर्छ’ ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4