२८ मंसिर, काठमाडौं । टाइम्स इन्टरनेसनल र नेपाल आर्मी दोस्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा भएको प्रतिस्पर्धामा टाइम्सले बूढानीलकण्ठलाई ८१–७१ ले पराजित गर्यो । टाइम्सको जितमा मनिष केसीले २३ अंक जोडे ।
अर्को खेलमा अमृत कोइरालाको २१ अंक सहयोगमा आर्मीले स्नोल्यान्डलाई १०५–४० ले सहजै हरायो ।
समूह चरणको अन्य खेलमा बलर्स एकेडेमी र ओभ्स हाउन्ड्सले जित निकाले । बलर्सले गोब्लिन्समाथि ७६-७३ को कठिन जित निकाल्यो । बलर्सका साहिल गुरुङले २० स्कोर गरे । ओभ्सले आयोजक नखिपोट ‘बी’ लाई ७८-६० ले हराउ । विजेताका सिमोन गुरुङले २९ अंक जोडे ।
बिहीबार (आज)देखि महिलाको प्रतिस्पर्धा पनि सुरु हुनेछ । यु–२३ उमेरसमूहको प्रतिस्पर्धामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगका शीर्ष २ टोली उपाधिका लागि भिड्ने छन् ।
प्रतिक्रिया 4