+

चितवनको सामना गर्दा धनगढीलाई शीर्ष स्थान उक्लिने अवसर

२०८० मंसिर  २८ गते ८:१४ २०८० मंसिर २८ गते ८:१४
चितवनको सामना गर्दा धनगढीलाई शीर्ष स्थान उक्लिने अवसर

२८ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)-२०२३ मा बिहीबार धनगढी एफसीले एफसी चितवनको सामना गर्दैछ । दशरथ रंगशालामा हुने यस खेलसँग जोडिएका तथ्यांक यस्ता छन् ।

१. यो खेल यसपल्टको २४ र समग्रमा प्रतियोगिताकै ४९औं खेल हुनेछ ।

२. धनगढी चार खेलबाट आठ अंकसहित दोस्रो स्थानमा छ । अहिलेसम्म अपराजित धनगढीसामु यो खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर हुनेछ ।

३. धनगढी दुई खेलमा जित र दुई खेलमा बराबरीको स्थितिमा छ । सुरुमै वीरगञ्ज युनाइटेडलाई २-१ र बुटवल-लुम्बिनीलाई १-० ले हराएको धनगढीले त्यसपछि ललितपुर सिटी एफसीसँग गोलरहित र स्पोर्टिङ इलामसँग २-२ को बराबरी खेलेको थियो ।

४. चितवन पाँच खेलबाट पाँचै अंकसहित सातौं स्थानमा छ । शीर्ष चारमा उक्लनका लागि पनि उसमाथि ठुलो अन्तरको जित आवश्यक हुनेछ । हारले अर्को चरण पुग्ने उसको योजना अझ कमजोर हुनेछ ।

५. चितवनले एक खेलमा जित, दुईमा बराबरी र दुई खेलमा हार व्यहोरेको छ । उसले वीरगञ्जलाई २-१ ले हराएको थियो भने काठमाडौं रेजर्स र बुटवल-लुम्बिनीसँग समान १-१ को बराबरी खेलेको थियो । यस्तै चितवन पोखरा थन्डर्ससँग १-० र ललितपुरसँग ३-१ ले पराजित भएको थियो ।

६ दुवै टिमबीच अहिलेसम्म एकै खेल भएको छ र त्यसमा धनगढी ३-० ले विजयी भएको थियो ।

७. वर्ष ०७८ मा धनगढीले प्राप्त गरेको त्यस जितमा निशाल लिम्बू, ओलावाले आफिज र बुद्धबल तामाङले गोल गरेका थिए । तीन गोल दोस्रो हाफमा भएको थियो ।

एनएसएल नेपाल सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय