
२८ मंसिर, काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा झरेकोमा आज १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यसअघि १८ मंसिरमा सुनको मूल्यले अहिलेसम्मकै उच्च प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँको रेकर्ड बनाएको छ । त्यसयता बुधबारसम्म मूल्य घटेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य अकस्मात बढेपछि नेपाली बजारमा बिहीबार प्रभाव परेको महासंघको भनाइ छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँ रहेको चाँदी बिहीबार १४५५ रुपैयाँ कायम भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4