+
+

फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १४:१२

काठमाडौं । फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी नियुक्त भएका छन् ।

२७ मंसिरमा एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्राले उनलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

यसअघि उनी फोनपेको स्वतन्त्र सञ्चालकको रुपमा आवद्ध थिए । जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रुपमा जोशी परिचित छन् । करिब दुई दशक भन्दा बढि समय उनी नेपालको प्रमुख बैंकिङ संस्थाहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

सपथ ग्रहणपछि जोशीले फोनपे जस्तो संस्थाको अध्यक्षको रुपमा काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । फोनपे संस्थालाई अझै बढी सवल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रुपमा विकास गर्ने उनले प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?