
२८ मंसिर, काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई रथीमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारको यो निर्णयसँगै सिग्देल हालका प्रधान सेनापति प्रभुराम शर्मापछि प्रधान सेनापति बन्ने सम्भावना बढेको छ । यसअघि सेनाले ताराध्वज पाण्डेलाई रथी बढुवा गर्न सूचना जारी गरेको थियो । तर, उनले जन्ममिति विवादका बीच राजीनामा दिएका थिए ।
पाण्डेको राजीनामासँगै सिग्देल बढुवाका लागि दाबेदार बनेका थिए । रथी बढुवाका लागि दोस्रो पटक जंगीअड्डाले सिग्देललाई अघि सारेको थियो । जंगीअड्डा हुँदै गएको प्रस्ताव रक्षा मन्त्रालय हुँदै बिहीबार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
अघिल्लो पटक रक्षामन्त्री विदेश भ्रमणमा भएकाले उनको बढुवासम्बन्धी निर्णय भएको थिएन ।
प्रतिक्रिया 4