
२८ मंसिर, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले फरवार्ड माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का गरिदिएको छ । कम्पनीले बुधबार सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धी निर्णय गरे पनि सोको जानकारी बिहीबार १२ : ४६ बजे कारोबार समयमा मात्रै दिएको भन्दै नेप्सेले कारोबार रोक्का गर्दै स्पष्टीकरण माग गरेको हो ।
धितोपत्रको मूल्यमा प्रभाव पार्ने कुनै पनि सूचना भोलिपल्ट कारोबार सुरु नहुँदै दिइनुपर्ने व्यवस्था छ । नेप्सेले ३ दिनभित्र के कारणले समयमै जानकारी दिन नसकेको हो स्पष्ट जवाफ दिन भनेको छ । फरवार्ड माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफा सञ्चित गर्दै यो पटक लाभांश नदिने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4