
२८ मंसिर, काठमाडौं । दुई दिनमा हिमालयन रि–इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा ७ लाख ३३ हजार ६६ जनाले आवेदन दिएका छन् । कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि बुधबारदेखि आवेदन माग गरिएकोमा दोस्रो दिन बिहीबार साँझ ५ बजेसम्म १ करोड ३२ लाख ५१ हजार ५१० कित्ताका लागि आवेदन परेको हो ।
सीडीएस एण्ड क्लियरिङका अनुसार कुल २ अर्ब ७२ करोड ९८ लाख ११ हजार ६० रुपैयाँ रकमको आवेदन परेको छ । बुधबारदेखि सर्वसाधारणका लागि हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर आवेदन खुलेको हो ।
कम्पनीको आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरुलाई छुट्याइसकेपछि कुल २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4