
काठमाडौं । फिल्म ‘रंगेली’का दुई नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक भएका छन् । प्रवीण खतिवडाको पात्र चित्रण गर्ने दुई पोस्टरमा उनलाई ‘मानबहादुर ढकाल’को नाम दिइएको छ । पोस्टरअनुसार नेपाल प्रहरीको निरीक्षक बनेका छन् ।
यसअघि अभिनेताद्वय दयाहाङ राई, अर्पण थापा र अभिनेत्री मिरुना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो । ‘रंगेली’मा खतिवडाको भूमिका बलियो रहेको निर्देशक अर्जुन सुवेदीले बताए ।
यो फिल्म फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर रिलिज गर्ने निर्माताको तयारी छ । फिल्ममा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ । कार्यकारी निर्मातामा जितेन्द्र खतिवडा र अनुजजंग थापा छन् भने संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ यो फिल्मका निर्माता हुन् ।
अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित रेडकार्पेट प्रिमियर गर्ने निर्माताको योजना छ । फिल्मलाई अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायत मुलुकमा एकसाथ प्रदर्शन गर्ने तयारी छ ।
प्रतिक्रिया 4