+
+

लगानीका लागि नबिल बैंकको ऋणपत्रमा आवेदन खुल्यो, के छ फाइदा र जोखिम ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते ९:१४

२९ मंसिर, काठमाडौं । नबिल बैंक[NABIL] Last Traded 2024-01-04 14:59:58 NABIL Nabil Bank 52 weeks L:487.7377 H:723.7714 180 days Average 571.2382 EPS 21.7215532086 (FY 2023/24, Q:1) Market Cap 134067427072 View Details ले शुक्रबारदेखि ऋणपत्र निष्कासन गरेको छ । यो ऋणपत्रमा लगानी गर्न चाहनेले छिटोमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा भने ढिलोमा पुस १३ गतेसम्म आवेदन अवधि लम्बिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले आह्वान पत्रमार्फत जनाएको छ ।

अंकित मूल्य १ हजार रुपैयाँ पर्ने ऋणपत्रमा कम्तीमा २५ कित्ताका लागि २५ हजार रुपैयाँ लगानी गर्नुपर्छ । बैंकले ३० लाख कित्ता अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणलाई जारी गरिएको हो ।

ऋणपत्रमा लगानी गर्नेले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउने बैंकले जनाएको छ । त्यसैले यो ऋणपत्रको नाम ‘९ प्रतिशत नबिल डिवेन्चर’ राखिएको छ । ६–६ महिनामा अर्थात् प्रत्येक वर्षको असार मसान्त र पुस मसान्तमा ऋणपत्रको लगानीमा ब्याज प्रदान हुनेछ । यो ऋणपत्र ७ वर्षे अवधिको भएकाले लगानीको ७ वर्ष पूरा भएपछि मात्रै साँवा रकम फिर्ता हुनेछ ।

प्राथमिक सेयरमा जस्तै ऋणपत्रमा पनि सीडीएससीको अनलाइन प्रणाली मेरोसेयर मार्फत आवेदन दिन सकिनेछ । त्यस्तै सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा वा नबिल बैंकका शाखामार्फत पनि आवेदन दिन सकिन्छ ।

फाइदा र जोखिम :
ऋणपत्रमा हुने लगानी लामो अवधिको हुन्छ । त्यसकारण यस्तो ऋणपत्रमा लगानी गरिसकेपछि समयअगावै साँवा रकम फिर्ता हुँदैन । यद्यपि धितोपत्र बजारमा कारोबार गर्न सकिन्छ । अर्थात् समयअगावै धितोपत्र बजारमा ऋणपत्रलाई बेच्न पाइन्छ । तर सेयरजस्तो भनेकै समयमा ऋणपत्र बिक्री नहुन पनि सक्छ । अर्कोतर्फ पैसा आवश्यक परेका बेला अरु बैंकमा ऋणपत्र धितो राखेर ऋण समेत लिन पाइन्छ ।

निक्षेपमा पाइने ब्याजदर घटे पनि ऋणपत्रमा लगानीबापत पाइने ब्याजदर घट्दैन । निक्षेपको ब्याजदर बढेको अवस्थामा पनि ऋणपत्रको ब्याज बढ्दैन । हाल वाणिज्य बैंकहरुले नै व्यक्तिगत मुद्दतीमा साढे १० प्रतिशत ब्याज दिइरहेको अवस्थामा ऋणपत्रमा दिइएको ब्याजदर तुलनात्मक कम हो ।

कम्पनी जतिसुकै घाटामा गए पनि लगानीकर्ताले तोकिएको ब्याज र साँवा रकम सबै पाउँछ । त्यस्तै दोस्रो बजारमा ऋणपत्रको मूल्य १ हजारभन्दा तल झर्ने जोखिम रहन्छ । निक्षेपको ब्याजदर घट्दै गएको अवस्थामा भने बजारमा यस्ता ऋणपत्र १ हजारभन्दा बढी मूल्यमा बेच्न पनि सकिन्छ ।

अहिले बजारमा सूचीकृत धेरै ऋणपत्रको मूल्य ८ सय रुपैयाँसम्म झरेको छ भने केहीको १ हजारभन्दा माथि पनि छ । यद्यपि परिपक्व अवधि सकिएपछि साँवा फिर्ता पाउँदा भने १ हजार रुपैयाँकै दरले फिर्ता हुन्छ । तर ऋणपत्रमा लगानी गर्नेले सेयरधनीजस्तो साधारणसभामा भाग लिन, नाफाको प्रतिफल लिन पाउँदैन भने नोक्सानीको जोखिम पनि ब्यहोर्नु पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?