+
+

पत्रकार महेन्द्र पाण्डेको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते ९:४२

२९ मंसिर, काठमाडौं । पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ । पाण्डे बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका थिए ।

विवाह समारोहमा बमिट भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् । पाण्डे रिपोर्ट नेपाल अनलाइनका सम्पादक एवम् गुल्मी नेपाल विद्यार्थी संघका पूर्वसभापति थिए ।

उनको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ ।

पाण्डेलाई कांग्रेस उपसभापति एवं सरकारका कानुनमन्त्री धनराज गुरूङले नेपाली कांग्रेसको झण्डा ओढाएर विदाइ गरेका थिए ।

यस्तै नेपाल विद्यार्थी संघका अध्‍यक्ष दुजाङ शेर्पालगायतका नेविसंघका नेताहरूले विदाइ गरेका थिए ।

पाण्डेका आमा, श्रीमती र दुई छोरी छन् ।

पाण्डेले कोरोनाको क्रममा उनकी बहिनी र त्यसअघि भाइको शोक सहनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?