
२९ मंसिर, काठमाडौं । अवैध हतियार पेस्तोल र लागु औषध खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले इलामका चिरञ्जीवी सिन्चुरी र नवलपुर कावासोतीका लेखबहादुर कार्कीलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ५ राउण्ड गोली लोड भएको म्याग्जिन सहितको पेस्तोल, खाली म्याग्जिन र लागु औषध खैरौ हेरोइन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला परेको कार्यालयका सूचना अधिकृत मिलन केसीले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई लागु औषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4