+

महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजमा नेपालकी बिनिता र मनकेशी उत्कृष्ट

२०८० मंसिर  २९ गते १५:२७ २०८० मंसिर २९ गते १५:२७
महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजमा नेपालकी बिनिता र मनकेशी उत्कृष्ट

२९ मंसिर, काठमाडौं । भारतको मुम्बईमा भएको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिज गुमाए पनि नेपालकी बिनिता पुन र मनकेशी चौधरी आफ्नो क्याटेगोरीमा उत्कृष्ट खेलाडी बनेका छन् ।

नेपालकी बिनिता बी थ्री तथा मनकेशी बी टु क्याटेगोरीमा उत्कृष्ट खेलाडी घोषित भएका हुन् । यस्तै बी वान क्याटेगोरीमा भारतकी सिमु दास उत्कृष्ट बनिन् ।

यसअघि नै सिरिज गुमाइसकेको नेपाल शुक्रबार भएको पाँचौ तथा अन्तिम खेलमा भारतसँग ७ विकेटले पराजित भयो । यो जितपछि भारतले पाँच खेलको सिरिज ४-१ ले आफ्नो पक्षमा पार्‍यो ।

पहिलो खेलमा ८ र दोस्रो खेलमा ४ रनले पराजित भएको नेपालले तेस्रो खेल १० विकेटले जित्दै सिरिजमा पुनरागमन गरेको थियो । तर बाँकी दुई खेलमा भारत ७ विकेट र ८ विकेटले विजयी भयो ।

नेपालले दिएको १५४ रनको लक्ष्य भारतले १७.५ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि सिमु दासले अविजित रहँदै सर्वाधिक ५२ रन बनाइन् ।

त्यसअघि मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

नेपालको लागि ओपनर बिनिता पुनले ३५ बल खेल्दै चौका मद्दतमा सर्वाधिक ५३ रन बनाए । कप्तान तथा विकेटकिपर गिता पौडेलले अविजित ४० रन बनाइन् ।

निशा डगौराले २४ र मनकेशी चौधरीले १४ रन बनाए । भारतकी सिमु दासले २ विकेट लिइन् । पाँच खेलको सिरिज खेल्न नेपाली टोली मुम्बई गएको हो ।

नेत्रहीन क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय