
२९ मंसिर, काठमाडौं । आवेदन खुलेको तेस्रो दिन शुक्रबारसम्म हिमालयन रिइन्स्योरेन्सको आईपीओ १० लाखले भरेका छन् । सीडीएस एण्ड क्लियरिङका अनुसार शुक्रबार साँझ ५ बजेसम्म १० लाख ७८१ जनाले आईपीओ भरेका हुन् ।
कुल २ करोड ४९ लाख कित्ताका लागि आवेदन खुलेको हो । तेस्रो दिनसम्म १ करोड ८० लाख ६३ हजार ७९० कित्ताका लागि आवेदन परेको छ । माग गरिएको कुल सेयर संख्यामा अहिलेसम्म ७२.५४ प्रतिशत आवेदन परेको छ ।
अहिलेसम्म कुल ३ अर्ब ७२ करोड ११ लाख रुपैयाँ बैंक खातामा ‘ब्लक’ भएको छ ।
बुधबारदेखि खुलेको हिमालय रिइन्स्योरेन्सको आईपीओ भर्ने म्याद आइतबारसम्म छ । यद्यपि सो अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेको खण्डमा भने थप समय लम्बिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4