२९ मंसिर, काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा सर्वाधिक सफल टीम भारत बंगलादेशसँग स्तब्ध बनेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले १८८ रन मात्रै बनाउन सक्यो ।
बंगलादेशको बलर मरुफ मृघा चम्किँदा भारत अलआउट हुँदै ठूलो स्कोर तयार पार्न सकेन ।
जवाफी ब्याटिङमा बंगलादेशले सहजै लक्ष्य भेटायो । बंगलादेशले फाइनल सुनिश्चित गर्न ४३ बल बाँकी रहँदै ४ विकेटले भारतलाई हरायो ।
८ पटकको च्याम्पियन भारत भने सेमिफाइनलमा बंगलादेशसँग स्तब्ध हुँदै खेलबाट बाहिरियो ।
बंगलादेश समूह बीको विजेता र भारत समूह एको उपविजेता बनेर सेमिफाइनल पुगेको थियो । अब बंगलादेशले उपाधिका लागि युएईसँग खेल्नेछ ।
प्रतिक्रिया 4