२९ मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा ललितपुर सिटी र झापा एफसीले गोलरहित बराबरी खेलेका छन् ।
काठमाडौंको दशरथ रंगशालामा गोल गर्न पाएका मौका सदुपयोग गर्न नसक्दा ललितपुर र झापाले अंक बाँडेका हुन् । यो एनएसएलको ५०औं खेल हो ।
दुवैको यो चौथो बराबरी हो । बराबरीपछि ललितपुरले शीर्ष स्थानमा पुग्ने मौका गुमायो ।
६ खेलबाट १० अंकसहित ललितपुर दोस्रो स्थानमै यथावत छ । ६ खेलबाट ७ अंक जोडेको झापा पाँचौ स्थानमा उक्लेको छ ।
बुटवल लुम्बिनी समान अंक बराबरी भए पनि गोल अन्तरमा झापा अघि छ । झापा र बुटवलबीचको खेल भने बाँकी नै छ ।
प्रतिक्रिया 4