+
+

कर्णाली र गण्डकीका केही भागमा हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते ६:३३

३० मंसिर, काठमाडौं । कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही भागमा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र गण्डकीका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ । बाँकी प्रदेशको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा आइतबार पनि हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार कोशी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?