+
+

आज राम र जानकीको मटकोर गरिंदै, आइतबार विवाह

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते ९:५४

३० मंसिर, जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज राम र जानकीको मटकोर गरिंदैछ । आज दिउँसो १ बजे जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको मन्दिरका सह महन्त रामरोशन दासले बताए ।

बाजागाजासहित भव्य रुपमा गंगासागरमा राम र जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ । गंगासागरमा नित्यदिन साँझ हुने गंगा महा आरती आज मटकोरको उपलक्ष्यमा दिउँसै हुने छ ।

मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विधि गर्ने गरिन्छ । त्यहाँ उपस्थित सयौं नरनारीले मटकोर गीत गाउने गर्छन् ।

मटकोटर सकिएपछि आइतबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सयोम्बर र विवाहको काज हुने छ ।

मंसिर २६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ । आज पाँचौदिन मटकोर भएपछि भोली छैठो दिन आइतबार राम र जानकीको विवाह र सोमबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?