३० मंसिर, काठमाडौं । संकटा क्लबका अध्यक्ष तथा एन्फा पूर्वमहासचिव इन्द्रमान तुलाधर फेरि एन्फामा फर्किएका छन् ।
एन्फाका पदाधिकारीसँग संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै उनले एन्फालाई सहयोग गर्ने बताएका छन् ।
नेपाली फुटबलमा आफूहरू सबै मिलेर अघि बढेको भन्दै तुलाधरले अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सहयोग गर्ने बताए ।
हेटौंडा साधारणसभापछि नै कुराकानी चलिरहेको बताउँदै उनले अहिले वातावरण मिलेपछि संयुक्तरुपमा पत्रकार सम्मेलन गरेको बताए ।
अर्को प्रसंगमा उनले कन्ट्रनेल फण्डिङलाई हटाउनुपर्ने बताएका छन् । त्यो नहटीकन नेपाली फुटबलमा केही गर्न नसकिने उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राईले आवश्यकता अनुसार सल्लाह गरेर तुलाधरलाई जिम्मेवारी दिने बताए ।
प्रतिक्रिया 4