+
+

दाङमा टिपरको ठक्करबाट प्युठानका २ जना युवकको मृत्यु 

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते १२:११

३० मंसिर, दाङ । दाङ टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठानको झिम्रुक गाउँपालिका-४ बाङ्गे का १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका-६ लुङ का १८ वर्षीय सागर केसी रहेका छन् ।

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१क १३०७ नम्बरको टिप्परले घोराहीबाट तुलसीपुरतर्फ गइरहेका रा२प ५५८९ नम्बरको मोटरसाइकललाई शुक्रबार राति सवा ९ बजे दाङको घोराही उपमहानगरपालिका-१० झारबैरा चोकमा ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बताए ।

प्रहरीले टिपर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका-९ का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?