३० मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ मा शनिबारको डबल हेडरमा वीरगञ्ज युनाइटेडले पोखरा थन्डर्सको सामना गर्दैछ । दशरथ रंगशलामा हुने यस खेलसँग जोडिएका तथ्यांक यसप्रकार छन् ।
१. यो खेल यसपल्टको २६औं र समग्रमा ५१ औं खेल हुनेछ ।
२. वीरगञ्जले यसै पल्टबाट मात्र प्रतियोगिता खेल्न सुरु गरेको हुनाले यो पोखरासँगको पहिलो भेट हुनेछ ।
३. पोखरा पाँच खेलबाट आठ अंकसहित चौथो स्थानमा छ र यो खेल जितेर शीर्ष स्थानमा उक्लने अवसर हुनेछ । यसका लागि उसलाई तीन गोलअन्तरको जित चाहिनेछ ।
४. पोखराले खेलेका पाँच खेलमध्ये दुई जित, दुई बराबरी र एक हार रहेको छ । पोखरा आफ्नो पछिल्लो खेलमा काठमाडौं रेजर्ससँग २-१ ले पराजित भएको थियो । यसअघि उसले एफसी चितवन र स्पोर्टिङ इलामलाई समान १-० ले हराएको थियो । यस्तै पोखराले ललितपुर सिटी एफसीसँग गोलरहित तथा झापा एफसीसँग १-१ को बराबरी खेलेको थियो ।
६. वीरगञ्ज भने पाँच खेलबाट पाँच अंकसहित आठौं स्थानमा छ । यो खेल जिते उसले शीर्ष चारको यात्रा तय गर्न सक्नेछ ।
७. वीरगञ्ज सुरुआती दुई खेलमा धनगढी एफसी र चितवनसँग समान २–१ ले पराजित भएको थियो । त्यसपछि उसले ललितपुरसँग २–१ र झापासँग गोलरहित बराबरी खेल्यो । आफ्नो पहिलो जितका लागि वीरगञ्जले इलामलाई २–१ ले पराजित गरेको थियो ।
प्रतिक्रिया 4