
काठमाडौ । अभिनेत्री वर्षा राउतले चोभारस्थित मन्जुश्री पार्कमा सञ्चालनमा आएको क्यानोपी जिप लाईनको शनिबार शुभारम्भ गरेकी छन् ।
उनले तीन स्टेसन रहेको क्यानोपी जिप लाइन चढेर मज्जा समेत लिइन् । दश मिनेट खेल्न समय लाग्ने ४ सय मिटरको क्यानोपीमा पहिलो चरणमा एडभेन्चर, दोस्रोमा डेयर डेभिल्स र तेस्रोमा द फन भन्दै खेलाइन्छ ।
‘फरक–फरक स्टेसनमा भिन्न एडभेन्चर महसुस हुँदा अझै धेरै मज्जा हुने रहेछ’ मिडियासँग उनले भनिन् । फिल्मको छायांकन भैरहने चोभार क्ष्नेत्रमा स्थापना भएकाले पनि यो जिपलाइनले स्थानीय पर्यटन प्रवद्र्धन गर्ने आशा उनले राखिन् ।
चार करोड लगानीमा निर्मित जिप लाईनलाई जेबी एडभेन्चरले सञ्चालनमा ल्याएको हो । भबिष्यमा स्काई वाक र बन्जी जम्प पनि संचालनमा ल्याउने तयारी छ ।
उक्त कम्पनीले एउटा अनुभव लिनेका लागि ५ सय र तीन वटै क्यानोपी जिपलाईन खेल्नका लागि १२ सय रुपैयाँ टिकट कायम गरेको छ ।
विद्यार्थीलाई र स्थानिय ६ नम्बर वडाका बासिन्दालाई भने २५ प्रतिशत छुट हुने एड्भेन्चरका निर्देशक हिमाल गुरुङले बताए ।
प्रविधिका हिसावले पनि जापानी र विज्ञका हिसाबले नेपालकै प्रख्यातबाट विज्ञबाट जिपलाइन संचालनमा ल्याएको र यो सुरक्षित रहेको समेत उनले बताए ।
कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका–६ का पूर्वअध्यक्ष न्हुछेबहादुर महर्जनले एड्भेन्चरले वडालाई पर्यटकीय हब बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
अभिनेत्री राउत यतिबेला ‘महाजात्रा’को छायांकनमा ब्यस्त छिन् ।
प्रतिक्रिया 4