+
+

मिस अर्थमा रेनाले प्रस्तुत गरिन् पिपलको रुख झल्काउने ‘नेसनल कस्ट्युम’ (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते १९:४७

काठमाडौ । भियतनाममा जारी मिस अर्थ सुन्दरी प्रतियोगितामा मिस नेपाल अर्थ रेना मजगैयाले आकर्षक नेसनल कस्ट्युम प्रस्तुत गरेकी छन् ।

शनिबार बेलुका आयोजित प्रारम्भिक चरणको प्रतिस्पर्धामा उनले जलवायु परिवर्तन न्यूनीकरणको सन्देश दिन बढी अक्सिजन दिने पिपलको रुख र पातको शैलीमा तयार पारिएको नेसनल कस्ट्युम प्रस्तुत गरिन् ।

भियतनामको होचि मिन्ह सहरमा भैरहेको प्रतिस्पर्धामा परम्परागत पोशाक, स्वीमसुट शो र फेसन शोको आयोजना गरियो । विभिन्न मुलुकका सुन्दरीले आफ्नो मुलुकको विशेषतासहितका पोशाक प्रस्तुत गरे ।

रेनाले पहिरिएको उक्त नेसनल कस्ट्युम सिलिकन र विभिन्न फेब्रिकबाट तयार पारिएको थियो । खासगरि, जलवायु संकट न्यूनीकरण गर्न पिपलजस्ता रुख जोगाउनुपर्ने सन्देश उनको पोशाकमा प्रस्तुत थियो । उनले मंचमा आत्मविश्वासपूर्ण प्रस्तुति दिएको देखिन्छ ।

साथै, रेना ग्लाम सट् विधाको लागि पनि छनोट भएकी छन् । फिनाले चाहिँ डिसेम्बर २२ मा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?