
काठमाडौं । फेथओम ब्याण्ड ‘द भ्वाइस अफ नेपाल’को जारी सिजनबाट बाहिरिएको छ । शुक्रबार बेलुकाको पहिलो ‘लाइभ राउण्ड’ एपिसोडमा यो ब्याण्ड बाहिरिएको दृश्य मर्मस्पर्शी देखियो ।
सबैभन्दा कम मत ल्याएको आधारमा ब्याण्ड बाहिरिएको घोषणा शोका निर्देशक लक्ष्मण पौडेलले गरेका थिए । शनिबारको एपिसोडबाट पनि कम मत ल्याउने थप एक प्रतिस्पर्धी बाहिरिनेछन् ।
सुरुआतदेखि नै दमदार प्रस्तुति दिइरहेको फिमेल ब्याण्ड फेथओमले लाइभ राउण्डबाट आफूलाई अघि बढाउन सकेन । निर्देशक पौडेलले ‘एलिमिनेसन’को घोषणा गर्दा ब्याण्डका सदस्यले आँसु बगाए । भोकलिस्ट मोनालिसा श्रेष्ठले त आँसु झारिन् । सुप्रिना घलान र भूमिका बुद्धाचार्य पनि भावुक देखिए ।
फेथओमले कोच मिलन नेवारको समूहबाट प्रतिस्पर्धा गरेको थियो । शुक्रबारको प्रतिस्पर्धामा फेथओमसहित अश्विन राई र नोगेन लिम्बु कम भोट ल्याएर बटमलाइनमा परेका तीन प्रतिस्पर्धी हुन् ।
अब प्रतिस्पर्धामा ११ जना बाँकी छन् । शुक्रबारदेखि लाइभ राउण्ड सुरु भएको छ र एपिसोड थप रोमाञ्चक बन्ने देखिएको छ ।
प्रतिक्रिया 4