+

२ गोलको अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकियो

२०८० पुष  १ गते ८:०८ २०८० पुष १ गते ८:०८
२ गोलको अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकियो

१ पुस, काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले दुई गोलको अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेससँग २-२ को बराबरीमा रोकिएको छ ।

सिटीको घरेलु मैदानमा भएको खेलको इन्जुरी टाइममा प्यालेसले पनाल्टीमा गोल गर्दै नाटकिय रुपमा बराबरी गरेको हो ।

खेलको २४औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा रिको लेविसले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

तर यो अग्रता सिटीले जोगाउन सकेन । ७६औं मिनेटमा प्यालेसका जिन फिलिपि माटेटाले गोल गर्दै गोल अन्तरमा कम पारे ।

तैपनि सिटी जित नजिक थियो । तर इन्जुरी टाइमको चौथो मिनेटमा प्यालेसले भिएआरको सहयोगमा पेनाल्टी पायो । फिल फोडेनले माटेटालाई फल गरेपछि प्यालेसले पेनाल्टी पाएको थियो । सुरुमा रेफ्रीले पेनाल्टी दिएपछि भिएआरले पनि पेनाल्टी सदर गर्‍यो ।त्यसमा माइकल ओलिसले कुनै गल्ती नगरी गोल गरे ।

बराबरीपछि सिटीले दोस्रो स्थानमा उक्लने अवसर गुमायो । १६ खेलबाट ३४ अंक जोडेको सिटी चौथो स्थानमै छ ।

क्रिस्टल प्यालेस १७ खेलबाट १७ अंकसहित १५औं स्थानमा छ ।

लिगकै अन्य खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई २-०, न्युकासल युनाइटेडले फुलहमलाई ३-० र एभरटनले बर्नलीललाई २-० ले नै हराएको छ । बर्नमाउथ र लुटोन टाउनले १-१ को बराबरी खेले ।

जितपछि न्युकासल १७ खेलबाट २९ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । चेल्सी समान खेलबाट २२ अंक जोडेर दशौँ स्थानमा उक्लेको छ ।

म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय