
१ पुस, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक समूहको करिब सवा लाख कित्ता सेयर लिलामी बिक्री खुलेको छ । १ लाख २४ हजार ८३३ कित्ता संस्थापक सेयर गणेश प्रोपर्टिज एण्ड इन्भेस्टमेन्ट कम्पनीले बेच्न लागेको हो ।
न्यूनतम मूल्य २५० रुपैयाँ कायम राख्दै विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति वा संघ संस्थाले पनि गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् । एनआईसी एसिया क्यापिटलको कार्यालय थापाथलीमा आवेदन दिने स्थान तोकिएको छ ।
संस्थापक सेयर खरिदका लागि न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । पुस ६ गतेसम्म आवेदन लिइसकेपछि अधिक मूल्य दिएको आधारमा सेयर बाँडफाँट गरिने क्यापिटलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4