+
+

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयरमा ‘लकइन’ अवधि सकिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते ११:०१

१ पुस, काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर र कर्मचारीको स्वामित्वमा रहेको सेयरमा लकइन अवधि पुस ९ गतेदेखि समाप्त हुने भएको छ । पुस ९ गतेदेखि कम्पनीको कुल ३ करोड १ लाख १ हजार ७० हजार कित्ता संस्थापक सेयरमा लकइन अवधि समाप्त हुन लागेको कम्पनीले सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।

त्यस्तै सर्वसाधारण समूहबाट कर्मचारीका लागि जारी भएको २ लाख ५५ हजार ३६ कित्ताको पनि सोही अवधिमा लकइन समाप्त हुने कम्पनीले जनाएको छ । लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भइ सोही मूल्यमा कारोबार सुरु हुनेछ । लकइन समाप्त हुने सम्बन्धमा हालै धितोपत्र बोर्डले १ महिनाअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेपछि कम्पनीहरुले यसलाई लागू गर्न थालेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?