
१ पुस, काठमाडौं । न्युजेन तेक्वान्दो एकेडेमीका दुई पदक विजेता खेलाडीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका उपाध्यक्ष विनोद कुँवरले नगदबाट पुरस्कृत गरेका छन् ।
गत साउनमा मलेसियामा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्यूजेनका सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जितेका थिए ।
सक्षमले १० देखि १४ वर्षको ब्ल्याक बेल्ट पुम्सेमा र सम्राटले यू–१३ देखि १५ वर्षको ब्ल्याक बेल्ट स्पिड किकिङमा पदक जितेका थिए ।
कुँवरले व्यक्तिगत रुपमा सक्षम र सम्राटलाई जनही १५ हजार रुपैयाँ प्रदान गरेका थिए । कार्यक्रममा न्युजनका प्रशिक्षार्थीले पुम्से र नृत्य प्रस्तुत गरेका थिए । भैसिपाटी आवास क्षेत्रमा रहेको न्युजेनमा तेक्वान्दो, जुम्बा र नृत्यको प्रशिक्षण हुँदै आएको छ ।
अस्ट्रेलिया रहेका तेक्वान्दो प्रशिक्षक एवम् रेफ्री प्रविण थापाको पहलमा स्थापित न्युजेनमा हाल करिब ६० जना प्रशिक्षार्थी र ४ जना प्रशिक्षक छन् । न्युजेनले कुँवरलाई मायाको चिनो प्रदान गरेको थियो ।
कुँवरले भविष्यमा पनि आफू न्युजेनलाई सहयोग गर्ने वचन दिए । कुँवर निर्देशक रहेको एक्स्ट्राटेक ओभल प्रालिले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा १७ दरखसवामा क्रिकेट मैदान निर्माण गरिरहेको छ ।
यसै साता मैदानको पहिलो चरणको निमार्ण सम्पन्न भएको थियो । त्यस मैदानमा फागुनबाट क्रिकेट खेल्न सकिने बताइएको छ ।
प्रतिक्रिया 4