+
+

भ्वाइसमा अन्तिम १० प्रतिस्पर्धी छनोट, रोजिनालाई प्रमोद खरेलसँग गाउने मौका

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १२:०२
लाइभ राउण्डबाट बाहिरिएकी प्रतिस्पर्धी रोजिना बस्नेत । तस्वीर : शंकर गिरी/अनलाइनखबर

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को पाँचौ सिजन अन्तिम १० मा प्रवेश गरेको छ । पछिल्लो सप्ताहन्तका एपिसोडबाट कोच मिलन नेवारको टीमबाट फेथम ब्याण्ड र कोच उदय सोताङबाट रोजिना बस्नेत बाहिरिए ।

कम मत ल्याएको आधारमा यी दुई प्रतिस्पर्धी बाहिरिँदा भ्वाइस स्टेजको दृश्य मर्मस्पर्शी देखियो । आउने साता कोच प्रमोद खरेल र कोच राजेशपायल राईको समूहबाट दुईजना प्रतिस्पर्धी बाहिरिनेछन् ।

अन्तिम दशमा कोच मिलनबाट विनोद राई र ट्रिजा प्रधान समेटिएका छन् । कोच उदयबाट कुमार प्रयास र विवेक बस्नेत अन्तिम १० मा प्रवेश गरेका छन् । आउने साता टीम प्रमोदबाट प्रशान्त शिवाकोटी, तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बु तथा टीम राजेशबाट मकर योन्जन, मोनिका राई र अश्विन राईमध्ये एक बाहिरिनेछन् ।

लाइभ राउण्डमा दर्शकले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गरिरहेका छन् । शनिबारको एपिसोड मर्मस्पर्शी देखियो । ब्याटल राउण्डमा समेत प्रतिस्पर्धा गरेका प्रशान्त शिवाकोटी र रोजिना बस्नेत लाइभ राउण्डमा पनि आमनेसामने भए । बढी भोट ल्याएको आधारमा शिवाकोटी जोगिए ।

लाइभ राउण्डबाट रेजिनाको ‘ग्रेसफूल एक्जिट’ देखियो । उनले बाहिरिनुअघि प्रमोद खरेलसँग एक गीत रेकर्ड गरेकी छन् । यो उनको डेब्यु गीत हुनेछ । साथै, कोच उदयले आफ्नो टीमका सबै सदस्यलाई लिएर गीत रेकर्ड गर्ने घोषणा समेत गरेका छन् । तेन्जिङ पर्फमर अफ द डे घोषित भइन् ।

भ्वाइस अफ नेपाल प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टिभी एचडीमा प्रसारण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?