+

प्रो क्लब च्याम्पियनसिप क्रिकेटमा ६ टोली, पर्सा ११ र युपी ११ बीच उद्घाटन खेल हुने

२०८० पुष  १ गते १२:४६ २०८० पुष १ गते १२:४६
प्रो क्लब च्याम्पियनसिप क्रिकेटमा ६ टोली, पर्सा ११ र युपी ११ बीच उद्घाटन खेल हुने

१ पुस, काठमाडौं । प्रो क्लब च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली पर्सा एघार र भारतीय टोद्यी युपी एघारबीच प्रतिस्पर्धा हुने भएको छ ।

जोहरा इन्टरनेशनलको आयोजना तथा पर्सा करिकेट संघको समन्वयमा हुने यही डिसेम्बर २१ देखि ३० सम्म प्रतियोगितामा नेपाल र भारतका गरी कूल ६ टोलीको सहभागिता हुनेछ ।

आयोजकले शनिवार सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन उद्घाटन खेलसहित दुई खेल हुनेछ । अर्को खेल आर्मी र नेपाल पुलिस क्लबबीच हुनेछ ।

टी२० फर्म्माटमा खेलाइने प्रतियोगिता पर्साको वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफसहित पर्सा एघार तथा भारतको युपी एघार र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्नेछन् ।

सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । जहाँ लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनलमा हुनेछ ।

प्रतियोगितामा कमेन्ट्री गर्न अष्ट्रेलियाका चर्चित कमेन्टेटर तथा क्रिकेट पत्रका मेलिन्डा फारेल आउने भएकी छन् ।

प्रो क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय