
१ पुस, जनकपुरधाम। जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अबान्छित गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भीडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्यवहार गर्ने १८ जनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
दिउँसो १ बजेसम्म पक्राउ परेका उनीहरुलाई जनकपुरधामस्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना गरी राखिएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकोक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4