
१ पुस, दाङ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
रा ५ प ३४२५ र रा ३ प ८७२९ नम्बरका मोटरसाइकल आइतबार दिउँसो करिब पौने दुई बजेतिर ठोक्किएर दुर्घटना भएका हुन् ।
दुर्घटनामा परी गढवा गाउँपालिका वडा नम्बर ६ झिगाहा निवासी अन्दाजी ४८ वर्षीय अत्तवारी भनिने मोहन यादव, गढवा गाउँपालिका वडा नम्बर ६ हाँसीपुर घर भएका अन्दाजी २७ वर्षीय कमल चौधरी र उनको साथमा रहेका अन्दाजी १९ वर्षीय प्रविन चौधरी घाइते भएका छन् ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4