+
+

मन्त्री हेरफेरको कुरा सत्य होइन : मन्त्री रेखा शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १६:५२

१ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्री फेरबदलको सम्भावना तत्काल नरहेको बताएकी छन् । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले मन्त्री हेरफेरबारे कुनै छलफल नभएको बताएकी हुन् ।

‘जिम्मेवारी हेरफेर, सेट चेन्जका कुरा उठेका छन्, त्यस्तो कुनै छलफल भएको छैन, आवश्यकता अनुसार त्यस्तो हुनै हुँदैन भन्ने होइन, तर अहिले त्यस्तो छलफल भएको छैन’ उनले भने ।

अहिले मन्त्रीहरु परिवर्तन हुन्छन् कि भन्ने नसोच्न पनि मन्त्री शर्माले आग्रह गरिन् । ‘बाहिर आएको जस्तो हाम्रो गठबन्धनभित्र, हाम्रो राजनीतिक दलहरु भित्र छलफलको विषय बनेको छैन ।’

सरकारले लय नगुमाएको र आफ्नो उद्देश्य अनुसार नै अघि बढिरहेको मन्त्री शर्माले दाबी गरिन् । सरकारको प्राथमिकता समृद्धि, सुशासन र सेवा प्रवाह सहज बनाउने रहेको र त्यसमा काम गरिरहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?