१ पुस, पोखरा । सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन् ।
युकेमा आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति छनोट भएको हो ।
कार्यसमिति उपाध्यक्षमा शारदा गुरुङ, महासचिवमा क्याप्टेन पिताम्बर गुरुङ, सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ चयन भए ।
सीईओमा मेग गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय चयन भएको निर्वाचन समितिले जनाएको छ ।
कार्यसमिति सदस्यमा मनोज गुरुङ, मिलन तमु गुरुङ, सुधा गुरुङ, दल गुरुङ, देव गुरुङ, गम गुरुङ, दीपक (राजु) गुरुङ, सविन्द्रकुमार गुरुङ (एसके), अमृत गुरुङ र अजयजंग थापा छन् ।
प्रतिक्रिया 4