+
+

काठमाडौं महानगरमा ४० जना युवालाई सफ्टवेयर डेभलपमेन्ट तालिम

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १३:३०

१ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले सफ्टवेयर डिभलपमेन्ट तालिम सुरु गरेको छ । चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि’ कार्यक्रम अन्तर्गत युवा लक्षित सफ्टवेयर डिभलपमेन्ट तालिम सुरु गरिएको महानगरले जनाएको छ ।

महानगरले ३४ विधामा १५ हजार युवालाई सीपमूलक तालिम दिने, तीमध्ये ५ हजार व्यक्तिलाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्य राखेको छ ।

महानगरका सामाजिक समितिका संयोजक रामकुमार केसीले काठमाडौंमा कोही पनि युवाले बेरोजगार बस्नु नपरोस् भन्ने उद्देश्यका साथ तालिम सुरु गरिएको बताए ।

‘हामीले प्रदान गरेको निःशुल्क तालिम रोजगारमूलक तथा स्वरोजगारमूलक हो । हामी युवालाई आफैँ उद्यम गर्न सक्षम बनाउँछौँ । रोजगार क्षेत्रमा जान चाहनेलाई योग्य बनाउँछौ,’ तालिमबारे केसीले भने ।

उनका अनुसार क्षमता भएका तर योग्यताका लागि पेश गर्नु पर्ने प्रमाण पत्र नभएका युवालाई तालिमबाट प्रतिस्पर्धी र योग्य जनशक्ति बनाउने महानगरको उद्देश्य रहेको छ ।

कार्यक्रममा सामाजिक विकास विभागका प्रमुख विमला कोइरालाका अनुसार २ महिने तालिमका लागि २४४ जनाले आवेदन दिएकोमा सूचकका आधारमा छानेर ४० जना युवालाई २ सिफ्टमा विभाजन गरेर तालिम दिन सुरु गरिएको हो ।

‘सफ्टवेयर विकास तालिम पाठ्यक्रमको उद्देश्य सहभागीलाई सफ्टवेयर विकास सम्बन्धी एकीकृत ज्ञान र सीप प्रदान गर्नु हो । १२५ घण्टे यो तालिममा ७५ घण्टा अन द जब तालिममा आधारित हुन्छ । सिकाइको २० प्रतिशत सिद्धान्त र ८० प्रतिशत प्रयोगात्मक कक्षा हुनेछ,’ कोइरालाले भनिन् ।

कम्प्युटर विज्ञान, सूचना प्रविधि, इन्जिनियरिङजस्ता विषयमा स्नातक तह उत्तीर्ण गरेका, अन्य गैर प्राविधिक क्षेत्रबाट प्राविधिक क्षेत्रमा आउन तीब्र इच्छा भएका कोडिङ तथा प्रविधिको विकासमा लाग्ने व्यक्तिहरुलाई तालिममा सहभागी गराइएको उनले बताइन् ।

‘मोडलिङ्, व्रेम स्ट्रमिङ्, दृश्य संकेतको प्रयोग, व्यक्तिगत कार्यशाला तथा सामूहिक कार्यशाला, प्रदर्शन तालिमका विधि हुन्,’ कोइरालाले भनिन् ।

तालिमकी फोकल पर्सन शान्ता पहाडीका अनुसार आधारभूत ज्ञान, कम्प्युटर साक्षरता, तालिम लिएर केही गर्न सक्छु भन्ने प्रतिवद्धता, अंग्रेजी भाषाको ज्ञान भएका, इन्टरनेट र व्यक्तिगत कम्प्युटर वा ल्यापटपमा पहुँच भएका आवेदकलाई तालिममा छनोट गरिएको हो । यसरी तालिम पाएका ९० प्रतिशत सहभागी रोजगारी क्षेत्रमा गएको वा स्वरोजगार भएको, रोजगारमा गएकाहरुको कार्य सम्पादनबाट रोजगारदाता सन्तुष्ट भएको, अहिलेभन्दा ५० प्रतिशत बढी आम्दानी गर्न थालेको तालिम सफलताको सूचकका रुपमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?