
काठमाडौं । टोपी स्टुडियोज् र कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरिज ‘ब्रह्माण्ड’ नेपाली ओटीटी प्लाटफर्म कान्तिपुर सिनेमाजमा रिलिज भएको छ । यो सिरिजको पहिलो च्याप्टरको स्ट्रिमिङ आइतबारदेखि सुरु भएको छ ।
सिरिजको शीर्ष भूमिकामा अर्पण थापाले अभिनय गरेका छन् । ‘ब्रह्माण्ड’ अभिनेता थापाको डेब्यु सिरिज समेत बनेको छ । सिरिजमा सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, राजन खतिवडा, विशाल पहारी र सुरज बिष्टको समेत मुख्य भूमिका छ । सञ्जय ढुंगाना र सुप्रज्ञा शर्माले यो सिरिजबाट डेब्यु गर्दैछन् ।
यो सिरिजलाई पुरुषोत्तम प्रधानले छायांकन र सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । सागरराज आचार्य र प्रकाश पुरीले मिलेर बनाएको सिरिजलाई रियाज नाटककारले लेखन तथा निर्देशन गरेका हुन् ।
अहिले कान्तिपुर सिनेमाजमा ‘ज्याकी : आईएम ट्वान्टी वान, जुलेवी, चिमुसी चि, खरानी, मदर, मुखिया, ऋतुलगायतका कथानक फिल्म तथा मिस स्कारलेट, लभसूत्र सिरिज पनि स्ट्रिमिङ भइरहेका छन् ।
प्रतिक्रिया 4