+

एन्फा यू-१६ युथ लिग पुस ९ देखि फेरि सुरु हुने

२०८० पुष  १ गते १९:५६ २०८० पुष १ गते १९:५६
एन्फा यू-१६ युथ लिग पुस ९ देखि फेरि सुरु हुने

१ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा यु-१६ युथ लिग फेरि सुरु गर्ने भएको छ । एन्फाले यही पुस ९ देखि यु-१६ युथ लिग सुरु हुने जनाएको छ ।

लिग खेल्ने क्लब र एन्फाबीच आइतबार एन्फा कम्प्लेक्समा भएको मिटिङबाट लिगको सुरु हुने मिति तय गरिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा पुस ९ गते मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ ।

एन्फाले पहिलो पटक आयोजना गरेको युथ लिग पाँच महिनापछि फेरि सुरु हुन लागेको हो ।

लिगमा नेपाल पुलिस, एपीएफ, मछिन्द्र, संकटा, फ्रेन्ड्स, खुमलटार, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङदी  र एनआरटीको सहभागिता छ ।

लिग रोकिनु अघि नेपाल पुलिस क्लब ११ अंकसहित शीर्ष स्थानमा छ । अपराजित पुलिसले ५ खेलमा ३ जित र २ बराबरीको नतिजा निकालेको थियो ।

नेपाली फुटबल यू-१६ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय