१ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा यु-१६ युथ लिग फेरि सुरु गर्ने भएको छ । एन्फाले यही पुस ९ देखि यु-१६ युथ लिग सुरु हुने जनाएको छ ।
लिग खेल्ने क्लब र एन्फाबीच आइतबार एन्फा कम्प्लेक्समा भएको मिटिङबाट लिगको सुरु हुने मिति तय गरिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा पुस ९ गते मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ ।
एन्फाले पहिलो पटक आयोजना गरेको युथ लिग पाँच महिनापछि फेरि सुरु हुन लागेको हो ।
लिगमा नेपाल पुलिस, एपीएफ, मछिन्द्र, संकटा, फ्रेन्ड्स, खुमलटार, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङदी र एनआरटीको सहभागिता छ ।
लिग रोकिनु अघि नेपाल पुलिस क्लब ११ अंकसहित शीर्ष स्थानमा छ । अपराजित पुलिसले ५ खेलमा ३ जित र २ बराबरीको नतिजा निकालेको थियो ।
प्रतिक्रिया 4