
२ पुस, धनगढी । कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएकी मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका-२ की ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार ठक्करबाट गम्भीर घाइते अवस्थीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक भागरथीका श्रीमान् ४० वर्षीय शिवराज अवस्थी घाइते भएका छन् ।
चालकलाई बससहित इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4