
२ पुस, काठमाडौं । सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न तारागाउँ रिजेन्सी होटलले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले २४ गतेका लागि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा साधारणसभा आह्वान गरेको हो ।
यसअघि बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार सेयरधनीलाई ११ प्रतिशत नगद र ४ प्रतिशत सेयर बोनस दिने निर्णय साधारणसभाले पारित गर्ने भएको छ । त्यस्तै गत आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान हिसाब, वासलात, लेखा परीक्षण प्रतिवेदन पनि साधारणसभाले पारित गर्नेछ ।
वार्षिक साधारणसभाका लागि कम्पनीले पुस १२ गतेका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । पुस ११ गतेसम्म कायम सेयरधनी मात्रै साधारणसभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4