
२ पुस, जनकपुरधाम । सर्लाहीमा दशगजा नजिक एक युवकको शव फेला परेको छ ।
मलंगवा नगरपालिका-८ दशगजा क्षेत्रमा बरहथवा नगरपालिका-५ का २२ वर्षीय इजरुल महमम्मद शेष मृत फेला परेका हुन् ।
आइतबार दिउँसो १ बजेतिर उनी मृत फेला परेको सर्लाहीका प्रहरी प्रक्ता डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिए ।
उनको मुखबाट फिज आएको र शरीरमा कतै कुनै घाउचोट नदेखिएकाले अत्यधिक लागऔषध सेवनको कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी थारुले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4