+
+

कन्साइ नेरोलेक पेन्टको सहयोगमा नारायणी अस्पतालमा शिशु हेरचाह कक्ष निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १३:१९

काठमाडौं । कन्साइ नेरोलेक पेन्टले पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा मातृशिशु हेरचाह कक्ष निर्माण गर्ने भएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत नारायणी अस्पतालमा ४० लाख रूपैयाँको लागतमा मातृशिशु हेरचाह कक्ष निर्माण गरिने कम्पनीले जनाएको छ ।

महानगरपालिकाको पहलमा निर्माण हुने मातृ शिशु हेरचाह कक्ष २० शय्याको हुनेछ ।

मातृशिशु हेरचाह कक्ष स्थापना गर्न आइतबार त्रीपक्षीय सम्झौता भएको कम्पनीले जनाएको छ ।

संरचना निर्माणका लागि कम्पनीको तर्फबाट कन्ट्री हेड मनोज मिश्र, नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चितरञ्जन साह र वीरगञ्ज महानगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले हस्ताक्षर गरे । फागुन अन्तिम सातासम्म निर्माण सम्पन्न हुने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?