+
+

संगीत र नाटकलाई प्रोत्साहन गर्न ‘डबली संस्कृति’ ब्युँताउने तयारीमा काठमाडौं महानगर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १४:५६

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘डबली संस्कृति’ ब्युँताउन पहल गर्ने भएको छ । डबली संस्कृतिलाई पुनर्जागित गरेर महानगरका चोकचोकमा नाटक र कन्सर्ट आयोजनाको पहल महानगरले थालेको हो ।

‘रिभाइभ दबु’ नाम दिइएको यो कार्यक्रमलाई चाँडै सञ्चालन गर्ने तयारी रहेको मेयर बालेन्द्र साह (बालेन)ले बताएका छन् । मेयर साह र संगीतकार शम्भुजीत बास्कोटाबीच सोमबार महानगरले ल्याउन लागेको कार्यक्रमबारे छलफल भएको छ ।

बास्कोटाले आफूले धेरैअघि सञ्चालनमा ल्याएको टेलिभिजन रियालिटी शो ‘प्रतिभाको डबली’लाई पुनः ल्याउन चाहेको र यसमा महानगरले सघाउनुपर्ने प्रस्ताव मेयर साहसँग राखेका थिए । जवाफमा उनले महानगर सकारात्मक रहेको बताएका थिए ।

‘रिभाइभ दबु’बाट बाह्रै महिना नाटक र गीत प्रस्तुत गर्न सकिने सोच महानगरको छ । जसअनुसार काठमाडौंका स्थानीय कलाकार र राष्ट्रिय कलाकारलाई समेटेर कन्सर्ट गर्ने महानगरको तयारी छ । ‘मेयर र बास्कोटाबीच यो विषयमा सहकार्यको विषयलाई लिएर कुराकानी भएको हो,’ मेयर साहको सचिवालयले भन्यो ।

संगीतकर्मीसमेत रहेका मेयर साह र संगीतकार बास्कोटाबीच संगीतको प्रतिलिपि अधिकारको विषयमा समेत छलफल भएको जनाइएको छ । भेटमा फिल्म निर्माता तथा अभिनेता निर्मल शर्मा पनि सहभागी थिए । यसैबीच, महानगरले युनेस्कोले काठमाडौंलाई फिल्म विधातर्फ रचनात्मक सहरको रुपमा सूचीकृत गरेर यसलाई कार्यान्वयनका लागि गर्ने कामको योजना सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?