
२ पुस, धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनशन तोडेका छन् ।
गत शुक्रबार धनगढीमा अनशन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ की रेनुका चौधरी र धनगढी–१ की अञ्जली नेपालीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसी अनशन तोडेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुनेछन् । डा. केसीले विभिन्न माग राखेर ७२ घण्टा अनशन बस्ने घोषणा गरेका थिए । ७२ घण्टा पूरा भएपछि उनले अनशन तोडेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4