
काठमाडौं । यम बराल र मीरादेवी राईको स्वरमा तामाङ सेलो गीत ‘टुङ्नाको धुन’ सार्वजनिक भएको छ । समीप इन्टरटेनमेन्ट युट्युब च्यानलमा रिलिज भएको गीतमा मीरादेवीको शब्द र यम बरालकै संगीत छ । गीतलाई बलराम समालले एरेन्ज गरेका हुन् ।
तामाङ सेलो नाच्दै मायाप्रेमको कथा बुनिएको गीतको भिडियोमा बुद्धि तामाङ, सुनिल न्यौपाने, नीराञ्जली लामा, समीप न्यौपाने, शिव रिमाल र भीमार्जुन ओली फिचर्ड छन् । भिडियोलाई दिलीप समनले निर्देशन गरेका हुन् ।
भिडियोमा नवराज उप्रेतीको छायांकन, रोशन विश्वकर्माको कोरियोग्राफी र नहकुल खड्काको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4